विश्वकै सबैभन्दा धनी महिला खेलाडी बनिन् ओसाका
काठमाडौं । नाओमी ओसाका विश्वकै सबैभन्दा धनी महिला खेलाडी बनेकी छिन् । फोर्ब्सले यो वर्ष सबैभन्दा धेरै कमाउने महिला खेलाडीको सूची सार्वजनिक गर्दा उनी पहिलो स्थानमा रहेकी छिन । सन् २०२२ मा उनको कमाई करिब ७ अर्ब ५० करोड थियो ।
टेनिसबाट अलविदा भइसकेकी सेरेना विलियम्स फोर्ब्सले जारी गरेको सूचीमा दोस्रो स्थानमा रहेकी छिन् । उनले यो वर्ष करिब ४ अर्ब ८४ करोड रुपैयाँ कमाएकी छिन ।
सेरेनापछि उनको बहिनी भेनस विलियम्स तेस्रो स्थानमा छिन् । भेनसले ११.३ मिलियन डलर अर्थात् १ अर्ब ४८ करोड रुपैयाँ कमाएकी छिन ।
स्टार जिमनास्ट सिमोना बाइल्स यो सूचीमा चौथो स्थानमा छिन् । सिमोना ठूला ब्रान्डकी एम्बेस्डर पनि हुन् र उनले यो वर्ष करिब १ अर्ब ३२ करोड रुपैयाँ कमाएकी छिन् । सिमोना ओलम्पिकमा सात स्वर्ण पदक जित्ने खेलाडी पनि हुन ।
टेनिस स्टार गार्बिन मुगुरुजा पूर्व विश्व नम्बर एक खेलाडी हुन्। पाँचवटा ग्राण्डस्लाम जितिसकेका मुगारुजा ब्राण्डको संसारमा पनि ठूलो नाम छ। उनले यो वर्ष करिब १ अर्ब ४ करोड रुपैयाँ कमाएकी छिन् ।

टिप्पणी लेख्नुहोस्