लेख विवरण

विश्वको सबैभन्दा महँगो टी–२० लिग सुरु गर्ने साउदी अरबको योजना

विश्वको सबैभन्दा महँगो टी–२० लिग सुरु गर्ने साउदी अरबको योजना

काठमाडौंँ । साउदी अरबले विश्वको सबैभन्दा महँगो टी–२० लिग सुरु गर्ने योजना बनाएको छ । यसका लागि साउदीले आईपीएल मालिकहरूलाई देशमा विश्वको सबैभन्दा महँगो टी–२० लिगमा लगानी गर्न प्रस्ताव गरेको छ। फुटबल र फर्मुला वन जस्ता खेलहरूमा ठूलो लगानी गरेको साउदीले अहिले क्रिकेटमा पनि लगानी गर्ने योजनामा रहेको छ ।

यो विषयमा करिब एक वर्षदेखि कुराकानी चलिरहेको बुझिएको छ । तर यसको लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट अनुमति लिनुपर्ने हुन्छ । आईसीसी अध्यक्ष ग्रेग बार्कलेले पनि क्रिकेटमा साउदी अरेबियाको चासोका बारेमा पुष्टि गरेका छन्। उनले क्रिकेटमा लगानी गर्न साउदी अरब निकै इच्छुक रहेको बताए ।

साउदी अरेबिया क्रिकेट संघका अध्यक्ष राजकुमार साउद बिन मिशाल अल साउदले साउदीमा बसोबास गर्ने स्थानीय र प्रवासीहरूका लागि दिगो उद्योग सिर्जना गर्नु र साउदी अरबलाई विश्वव्यापी क्रिकेट गन्तव्य बनाउनु रहेको बताएका छन ।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.