विश्व एथलेटिक्स दिवस : यसको इतिहास र महत्त्व
काठमाडौं । फिटनेसको महत्त्व बुझाउन र मानिसहरूलाई खेलकुदमा लाग्न प्रोत्साहित गर्ने उदेश्यले हरेक वर्ष मे ७ का दिन विश्व एथलेटिक्स दिवस मनाइन्छ। सन् १९९६ मा अन्तर्राष्ट्रिय एमेच्योर एथलेटिक महासंघले यसको सुरुवात गरेको थियो । आजैका दिन अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघको पनि स्थापना भएको थियो ।यो दिनमा विद्यालय तथा कलेजहरुमा विभिन्न प्रतियोगिताहरु आयोजना हुने गर्दछ । तर सन् २०२० मा कोरोना महामारीका सुरु भएपछि ती प्रतियोगिताहरु रोकिएको थियो ।
विश्व एथलेटिक्स दिवसको उद्देश्य विद्यालय, कलेज र अन्य संस्थाका विद्यार्थीहरूलाई खेलकुदसम्बन्धी अवसर प्रदान गर्नु हो।यस दिन एथलेटिक्स महासंघको अन्तर्राष्ट्रिय संघले शारीरिक गतिविधिको महत्त्वलाई बढावा दिन विभिन्न खेलकुद कार्यक्रमहरू आयोजना गर्दछ।यसको मुख्य उद्देश्य भनेकै युवाहरूको खेलकुदमा ध्यान केन्द्रित होस र उनीहरूले सकेसम्म एथलेटिक्समा भाग लिनका लागि सुनिश्चित गर्नु हो।यो संस्थाले फिटनेसका फाइदाहरूको बारेमा जनचेतना पनि जगाउने गर्दछ ।
विश्व एथलेटिक्स दिवसको अवसरमा स्कूल, कलेज र अन्य संस्थाहरूमा दौड, शटपुट जस्ता धेरै एथलेटिक खेलहरू आयोजना गरिन्छ जसमा शक्ति र सहनशक्ति आवश्यक हुन्छ।यी सबै कार्यक्रमहरू अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघले आयोजना गर्दछ । महासंघले शारीरिक क्रियाकलाप प्रवर्द्धनका लागि विद्यालय नै उत्कृष्ट स्थान भएको विश्वास लिएको छ ।
महासंघका अनुसार एथलेटिक्स एउटा यस्तो खेल हो जसले बालबालिकालाई चौतर्फी विकासमा योगदान पु¥याउने र अन्य शारीरिक क्रियाकलापमा संलग्न हुन सक्षम बनाउँछ ।महासंघकाले विद्यालयको खेलकुद कार्यक्रमहरूमा एथलेटिक्सलाई सबैभन्दा महत्त्वपूर्ण स्थान दिनुपर्ने धारणा राख्दछ।

टिप्पणी लेख्नुहोस्