लेख विवरण

विश्व च्याम्पियनसिपमा सहभागिता जनाउन मोई थाई टोली थाइल्यान्ड प्रस्थान

विश्व च्याम्पियनसिपमा सहभागिता जनाउन मोई थाई टोली थाइल्यान्ड प्रस्थान

काठमाडौं । थाइल्यान्डमा फेब्रुअरी २ देखि ६ तारिखसम्म आयोजना हुने डब्लुबीसी मोई थाईको विश्व च्याम्पियनसिपमा नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

विश्व च्याम्पियनसिपमा नेपालले पहिलो पटक सहभागिता जनाउन लागेको छ । नेपालबाट ३१ केजी तौल समूहमा १३ वर्षीय गेन्जी राई, ५३ केजीमा लालबहादुर तामाङ र ६३ केजीमा डिग विजयसिंह राठोरले प्रतिस्पर्धा गर्नेछन ।

नेपाली टोलीको अफिसियलमा राजु राई र पुरन रोकाया छन । टोलीलाई बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, डब्लुबीसी मोइ थाई नेपालका महासचिव दीपक तामाङलगायतले बिदाइ गरे । नेपाली टोली सोमबार नै थाइल्यान्ड प्रस्थान गरेको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.