लेख विवरण

विश्व टेस्ट च्याम्पियनसिपको फाइनल 'द ओभल' मा हुने

विश्व टेस्ट च्याम्पियनसिपको फाइनल 'द ओभल' मा हुने

काठमाडौंँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटीसी) फाइनल खेलको मिति घोषणा गरेको छ । आईसीसीका अनुसार डब्ल्यूटीसी दोस्रो सिजनको फाइनल खेल २०२३ जुन ७ देखि ११ सम्म लन्डनको ऐतिहासिक ुद ओभलु मैदानमा हुनेछ। ऐतिहासिक ओभल मैदानमा अहिले सम्म १०० भन्दा बढी टेस्ट खेलहरू आयोजना भई सकेको छ ।

पाँच दिनसम्म चल्ने फाइनल खेलका लागि रिजर्भ डे पनि राखिएको छ । यस्तो अवस्थामा फाइनल खेलको कुनै पनि दिन वर्षाका कारण प्रभावित भएमा नतिजा पाउन अझै एक दिन उपलब्ध हुनेछ । फाइनल डब्लुटीसीको अंक तालिका पुग्ने दुई शीर्ष टोलीहरू बीच हुनेछ । अंक तालिकामा हाल अष्ट्रेलिया शीर्ष स्थानमा छ। त्यसपछि दोस्रो स्थानमा भारत रहेको छ ।

आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको पहिलो सिजन न्यूजील्याण्डले जितेको थियो। सन् २०११ जुन महिनामा साउथह्याम्प्टनको रोज बाउलमा भएको उपाधि भिडन्त खेलमा न्युजिल्यान्डले भारतलाई हराएको थियो । तर, यसपटक न्युजिल्याण्डको टोली फाइनलको दौडबाट धेरै टाढा छ । भारतीय टोलीसँग लगातार दोस्रो सिजनको फाइनलमा पुग्ने मौका रहेको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.