विश्व बक्सिङ च्यान्पियनसिप : रविन थापा उज्वेकिस्तानी मुक्केबाजसँग पराजित
काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ आईबीएको आयोजनामा उज्वेकिस्तानको राजधानी तास्कान शहरमा जारी विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालका मुक्केबाज रविन थापा पराजित भएका छन् ।
आईबीए पुरुष विश्व बक्सिङ्ग च्याम्पियनसिप – २०२३ मा नेपाली मुक्केबाज रबिन थापा आयोजक राष्ट्र उज्वेकिस्तानी मुक्केबाज शोइयोर्जाेन मेलिक्युओ जिइभसँग पराजित भएका छन् ।
नेपाली मुक्केबाज थापाले ४६–४८ किलो तौल समुहमा उज्बेकिस्तानी मुक्केबाज शोइयोर्जाेन मेलिक्ओ जिईभसँग प्रतिष्पर्धा गरेका थिए । नेपाल बक्सिङ संघका प्रवक्ता तथा अन्तर्राष्ट्रिय कोअर्डिनेटर श्यामकाजी अवालेका अनुसार थापा ५ः० अंकमा पराजित भएका थिए ।

टिप्पणी लेख्नुहोस्