लेख विवरण

विश्व बक्सिङ च्याम्पियनसिप : नेपाली मुक्केबाज थापा अंकको आधारमा पराजित

विश्व बक्सिङ च्याम्पियनसिप : नेपाली मुक्केबाज थापा अंकको आधारमा पराजित

काठमाडौं । आईबीए मेन्स विश्व बक्सिङ्ग च्याम्पियनसिपमा नेपाली मुक्केबाज भुपेन्द्र थापा जर्मनीका गोक्दुमान देवरामसंग अंकको आधारमा पराजित भएका छन् ।

अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ आईबीएको आयोजनामा उज्वेकिस्तानको राजधानी तास्कान शहरमा भइरहेको विश्व बक्सिङ्ग च्याम्पियनसिपमा थापा ४ः१ (स्प्लिट) अंकमा पराजित भएको नेपाल बक्सिङ संघले जनाएको छ ।

नेपाली मुक्केबाज थापाले ६० –६३.५ किलो तौल समूहमा जर्मनीका मुक्केबाज देवरामसंग प्रतिष्पर्धात्मक खेल गुमाएका हुन । थापा १३ औं सागका स्वर्ण पदक विजतो खेलाडी हुन् ।

यस्तै ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्न नेपाली मुक्केबाज रविन थापा पनि तास्कान पुगिसकेका छन् । रविन थापाले उज्वेकिस्तानी बक्सरसंग भोलि बिहीबार प्रतिस्पर्धा गर्ने छन् । थापा सहित नेपाली टोलीका प्रशिक्षक निवर्तमान मुख्य प्रशिक्षक प्रकाश थापामगर र सुजित पुन मगरलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले सहिको टोलीले गत साताको शुक्रबार विदाई गरेका थिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.