लेख विवरण

विश्व बडिबिल्डिङमा प्रज्वलमान शाक्यलाई काश्य पदक

विश्व बडिबिल्डिङमा प्रज्वलमान शाक्यलाई काश्य पदक

काठमाडौं । १३औं विश्व बडिबिल्डिङ एन्डि फिजिक स्पोर्ट्स च्याम्पियन्सीपमा शुक्रबार नेपालका प्रज्वलमान शाक्यले काश्य पदक जितेका छन । थाइल्यान्डको फुकेटमा भएको प्रतियोगितामा प्रज्वलले ६५ केजी तौल समूहमा तेस्रो स्थान हासिल गरेका हुन ।

४४ राष्ट्रले भाग लिएको यस प्रतियोगतामा प्रि जजिङ राउन्डमा प्रज्वलको समूहमा नौ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । फाइनल चरणमा नेपाललगायत भारतका दुई जना, थाइल्यान्ड, बहराइनका खेलाडी पनि प्रवेश गरेका थिए । प्रज्वलको समूहमा बहराइनका अब्बास माकी अली पहिलो र भारतका योगश निकाम दोस्रो भए ।

नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा श्वेता कपालीले शनिबार प्रतिस्पर्धा गर्नेछन ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.