विश्व महिला बक्सिङ्ग च्यिाम्पियनसिपको खेल तालिका सार्वजनिक
काठमाडौं । आईबा विश्व महिला बक्सिङ्ग च्यिाम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । ७३ राष्ट्रका ३१० खेलाडीहरु सहभागि रहेको प्रतियोगिताको लागि मई ९ देखि हरेक दिन खेलाडीहरुको तौल र मेडिकल चेकअप वाव होटलको कन्फरेन्स हलमा सञ्चालन हुने छ । आईबाको नयाँ परिवर्तित नियम अनुसार अनिवार्य काउन्ट हरेक राउण्डमा ३ र एउटा बाउटमा ४ रहने आयोजकले जनाएका छन् । मई ९, १०, १३ र १४ तारिखमा बेलुकाको ६ बजेबाट प्रतियोगिता सञ्चालन हुनेछन् । प्रतियोगितामा बाउट रिभ्यु नहुने आयोजकले जनाएको छ ।
प्रतियोगितास्थलमा कोचहरुलाई मोबाईल फोन प्रयोग गर्न नपाईने भएको छ । खेल प्रतियोगिताका लागि रिंंग र प्रतियोगिताका सामग्री स्टिङ्ख कम्पनीको प्रयोग गरिने छ । प्रतियोगितामा विजेता, उप विजेता र तृतीय स्थान हासिल गर्ने खेलाडीहरुले क्रमश एक लाख, पचास हजार र पच्चीस हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । आईबा नयाँ स्कोरिङ्ग मेसिन सञ्चालन सम्बन्धि सेमिनार मई १४ तारिखमा सञ्चालन हुने जनाइएको छ ।
आज भएको टाई ड अनुसार मिनिमम वैट ४६ देखि ४८ किलो तौल समुहमा नेपालका सुस्मा तामाङ्गले मंगोलियाकी लान्चिव योनसँग मई १० मा प्रतिष्पर्धा गर्नेछिन । उक्त तौल समुहमा जम्मा ३२ जना खेलाडी रहेका छन् । ५० देखि ५२ किलो तौल समुहमा २८ देशका खेलाडीहरु रहेका छन । उक्त तौल समुहमा नेपालका मिनु गुरुङ्खले जापानका आर किनोशितासंग ११ मईमा प्रतिष्पर्धा गर्ने छिन् । ५४ देखि ५७ किलो तौल समुहमा नेपालका चन्द्रकला थापाले बाई पाएर भारतीय खेलाडी मनिसासँग ११ मईमा प्रतिष्पर्धा गर्ने सुनिश्चित गरेकी छन् । ५७ देखि ६० किलो तौल समुहमा ३१ राष्ट्रका खेलाडीहरुको सहभागिता रहेको छ । उक्त तौल समुहमा नेपाली खेलाडी पुनम रावलले प्रारम्भिक चरणमा बाई पाएकी छिन् । उनको प्रतिष्पर्धा ग्रिस र मोरक्कोविचको विजेतासंग १५ मईमा हुनेछ ।

टिप्पणी लेख्नुहोस्