लेख विवरण

विश्व मुवाँथाई महासंघबाट सरोजलाई प्रशिक्षक प्रमाण पत्र

विश्व मुवाँथाई महासंघबाट सरोजलाई प्रशिक्षक प्रमाण पत्र

काठमाडौं । सरोज थापा मगरले विश्व मुवाँथाई महासंघबाट अन्तर्राष्ट्रिय ‘बी’ श्रेणीको प्रशिक्षक प्रमाण पत्र प्राप्त गरेका छन् ।

महासंघबाट नेपाल राष्ट्रिय मुवाँथाई संघलाई प्राप्त प्रमाण पत्र बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र संघका अध्यक्ष गणेशलाल

कक्षपतिले सरोजलाई हस्तान्तरण गरे ।

सरोज क्योकुसिन करातेका ब्ल्याक वेल्ट तथा मुवाँथाईका राष्ट्रिय निर्णायक हुन् ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.