वेस्टइन्डिजको टोली अन्तर्राष्ट्रिय क्रिकेटमा केन्द्रित : पोलार्ड
काठमाडौं । भारत र वेस्टइन्डिजबीचको टी–२० श्रंखला बुधबारबाट सुरु हुँदैछ । वेस्टइन्डिजका कप्तान किरोन पोलार्डले आईपीएलको नीलामीमा आफ्ना खेलाडीले ठूलो रकम पाएपनि उनको टोली अन्तर्राष्ट्रिय क्रिकेटमा केन्द्रित रहेको बताएका छन। उनले आफ्नो टोलीले भारतविरुद्धको टी–२० सिरिज जित्न चाहेको बताएका छन । आईपीएलको अक्सनमा वेस्ट इन्डिजका खेलाडीहरुमाथी राम्रो बोली लागेको थियो । अक्सनमा कुल १४ क्यारिबियन खेलाडी छानिएका थिए भने पोलार्ड, सुनिल नारिन र आन्द्रे रसेललाई आ–आफ्नो फ्रेन्चाइज टोलीले 'रिटेन' गरेको छ ।
भारतविरुद्धको पहिलो टी–२० आईको पूर्वसन्ध्यामा पोलार्डले भने, 'आईपीएल नीलामी समाप्त भएको छ र अब अन्तर्राष्ट्रिय क्रिकेटको समय सुरु भएको छ ।' 'आईपीएल भएपछि हाम्रा खेलाडीहरुले त्यता ध्यान केन्द्रित गर्नेछन् अहिले हामीले वेस्टइन्डिजको लागि ध्यान केन्द्रित गर्नुपर्नेछ ।'
वेस्टइन्डिजका विकेटकिपर–ब्याट्सम्यान निकोलस पूरनलाई सनराइजर्स हैदरावादले १०.७५ करोड भारतीय रुपैयाँमा किनेको छ। उनी वेस्टइन्डिजका खेलाडीहरूमाझ सबैभन्दा अधिक मुल्यमा बिक्रि भएका छन । यो शृङ्खलामा राम्रो गरेर खेलाडीहरूले आफुले पाएको चर्को मुल्यको हिसाब दिन खोज्नेछन ? भनेर प्रश्न गर्दा पोलार्डले भने, 'अह म त्यसो भन्दिनँ। आफ्नो अन्तरराष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने मौका पाउँदा उनीहरुले राम्रो गर्न चाहन्छन्।'
भारत र वेस्टइन्डिजबीच तीनवटा टी २० खेलहरु खेलिनेछन्। तीनै खेल कोलकाताको ईडेन गार्डन मैदानमा खेलिनेछन्। यसअघि भारतले वेस्टइन्डिज बिरुद्धको ओडीआई श्रृङ्खला ३–० ले जितेको थियो ।

टिप्पणी लेख्नुहोस्