लेख विवरण

वेस्ट इन्डिजले पनि नेपालसँगै विश्वकप छनोट खेल्नुपर्ने

वेस्ट इन्डिजले पनि नेपालसँगै विश्वकप छनोट खेल्नुपर्ने

काठमाडौं । दक्षिण अफ्रिकाले आइतबार जोहानेसबर्गमा नेदरल्यान्ड्सलाई १४६ रनले पराजित गरेसँग वेस्ट इन्डिज एकदिवसीय विश्वकपमा सिधै छनोट हुनबाट चुकेको छ । वेस्ट इन्डिजले अब विश्वकपमा स्थान बनाउन नेपाल, ओमान, स्कटल्याण्ड लगायताका अन्य टोलीसँग विश्पकप छनोट प्रतियोगिता खेल्नु पर्नेछ । विश्पकप छनोट प्रतियोगिता अगामी जुन १८ देखी जुलाई ९ सम्म जिम्बाब्बेमा हुने भएको छ । प्रतियोगिताको शिर्ष २ मा रहने टोलीले भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउने छ ।

दक्षिण अफ्रिकाले पनि अब एकदिवसीय विश्वकपमा सिधै स्थान बनाउन आयरल्याण्ड र बङलादेशबीचको खेलको नतिजा कुर्नु पर्नेछ । आयरल्याण्ड र बङलादेशबीचको एकदिवसीय श्रंखला अगामी महिनामा हुनेछ । नेदरल्यान्ड्सलाई पराजित गरेपछि दक्षिण अफ्रिका आईसीसी विश्वकप सुपर लिगको आठौं स्थानमा उक्लन सफल भएको छ । वेस्ट इन्डिज अंक तालिकाको ९ औं झरेको छ । एकदिवसीय विश्पकप सुपर लिगको उत्कृष्ट आठमा रहने टोलीले सिधै विश्वकपमा छनोट हुने प्रावधान रहेको छ । सुपर लिगबाट यसअघि श्रीलंका, जिम्बाब्बे र नेदरल्याण्ड बाहिरि सकेको छ ।

 

ICC Men's Cricket World Cup Super League – Standings

Rank Team Matches Won Lost Tied
No result
Points NRR
Penalty Overs
1
New Zealand (Q)
24 16 5 0 3 175 +0.914  
2
England (Q)
24 15 8 0 1 155 +0.976  
3
India (hosts) (Q)
21 13 6 0 2 139 +0.782 1
4
Bangladesh (Q)
21 13 8 0 0 130 +0.233  
5
Pakistan (Q)
21 13 8 0 0 130 +0.108  
6
Australia (Q)
18 12 6 0 0 120 +0.785  
7
Afghanistan (Q)
15 11 3 0 1 115 +0.573  
8
South Africa
21 9 10 2 2 98 -0.077 2
9
West Indies
24 9 15 0 0 88 -0.738 2
10
Sri Lanka
24 7 14 0 3 81 -0.369 4
11
Ireland
21 6 13 0 2 68 -0.382 2
12
Zimbabwe
24 6 17 0 1 65 -0.952  
13 Netherlands 24 3 20 0 1 35 -1.091  

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.