लेख विवरण

वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाका लागि ग्रीन टोलीमा

वेस्ट इन्डिजविरुद्धको टी–२० शृङ्खलाका लागि ग्रीन टोलीमा

काठमाडौं । अगामी हप्ता क्विन्सल्याण्डमा आयोजना हुने वेस्ट इन्डिज विरुद्धको दुई खेलको टी–२० शृंखलाका लागि क्यामरन ग्रीनले अष्ट्रेलियाको टोलीमा स्थान बनाएका छन ।

मिचेल मार्स, मार्कस स्टोइनिस र मिचेल स्टार्क पनि टी–२० विश्वकपअघि टोलीमा फर्किएका छन् भने भारतविरुद्धको शृङ्खलामा विश्राम पाएका डेभिड वार्नर पनि फर्किएका छन् ।

चोटका कारण भारतबाट छिट्टै फर्किएका केन रिचर्डसन र एस्टन अगर वेस्ट इन्डिजविरुद्धको शृङ्खलामा सहभागी नहुने तर इङ्ल्यान्डविरुद्धको तीन खेलबाट पुनरागमन गर्ने अपेक्षा गरिएको छ ।

ग्रीनले आफ्नो टी–२० करियरलाई उत्कृष्ट शैलीमा सुरुवात गर्दै भारत विरुद्धको पहिलो खेलमा १९ बलमा अर्धशतक सहित दुई अर्धशतक बनाए।

उनी १५ सदस्यीय विश्वकप टोलीमा छैनन् तर कोही घाइते भएमा उनी टोलीको अग्रपंक्तिमा हुनेछन् ।

यो सँगै शान एबोट र ड्यानियल साम्सले पनि टोलीमा स्थान बनाउन सफल भएका छन् ।

अष्ट्रेलियाको टोली : आरोन फिन्च, शन एबोट, प्याट कमिन्स, टिम डेभिड, क्यामरुन ग्रीन, जोस हेजलवुड, जोस इङ्गल्स, मिचेल मार्स, ग्लेन म्याक्सवेल, ड्यानियल साम्स, स्टीवन स्मिथ, मिचेल स्टार्क, एडम डेभिड स्टोइनिस र म्याथ्यु वेन ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.