लेख विवरण

वेस्ट इन्डिजविरुद्धको पहिलो टी–२० मा भारत विजयी

वेस्ट इन्डिजविरुद्धको पहिलो टी–२० मा भारत विजयी

एजेन्सी । वेस्ट इन्डिजविरुद्धको पहिलो टी–२० क्रिकेटमा भारतले सहज जित निकालेको छ । कोलकत्तामा बुधबार राति भएको खेलमा भारतले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको हो । यससँगै तीन खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ ।

वेस्ट इन्डिजले दिएको एक सय ५८ रनको विजय लक्ष्य भारतले १८.५ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४० रन बनाए । इशान किशनले ३५, सूर्यकुमार यादवले अविजित ३४, भेन्काटेस आयरले अविजित २४ र विराट कोहली १७ रन बनाए । वेस्ट इन्डिजका रोस्टन चेसले २ विकेट लिए। शेल्डन कटरेल र फबिएल एलनले एक एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा सात विकेटको क्षतिमा एक सय ५७ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि निकोलस पुरनले सर्वाधिक ६१ रन बनाए । केली मेयर्सले ३१, कप्तान केइरन पोलार्डले अविजित २४ र अकिल होसेनले १० रन जोडे । भारतका हर्सल पटेल र रबि बिश्नोईले दुई दुई तथा भुवनेश्वर कुमार, दीपक चाहर र युजभेन्द्र चहलले एक एक विकेट लिए । दोस्रो खेल शुक्रबार हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.