लेख विवरण

वेस्ट इन्डिज र इंग्ल्याण्ड विरुद्धको शृंखलाका लागि अष्ट्रेलियन टोली घोषणा

वेस्ट इन्डिज र इंग्ल्याण्ड विरुद्धको शृंखलाका लागि अष्ट्रेलियन टोली घोषणा

काठमाडौं । सन् २०२२ को टी–२० विश्वकपबाट बाहिरिएपछि अष्ट्रेलियाले आगामी दुई शृङ्खलाका लागि टोली घोषणा गरेको छ । अष्ट्रेलियाले पहिले वेस्ट इन्डिजसँग घरेलु टेस्ट सिरिज र त्यसपछि इङ्ल्यान्डसँग एकदिवसीय शृङ्खला खेल्ने तालिका रहेको छ ।

वेस्ट इन्डिजविरुद्धको दुई खेलको टेष्ट शृंखला अस्ट्रेलियाका लागि निकै महत्वपूर्ण हुनेछ । विश्व टेस्ट च्याम्पियनसिपको अंक तालिकामा दोस्रो स्थानमा रहेको अष्ट्रेलियाले फाइनलमा स्थान पक्का गर्न बाँकी सबै खेल जित्नुपर्नेछ। त्यसैलाई ध्यानमा राख्दै अस्ट्रेलियाका चयनकर्ताले वेस्ट इन्डिजविरुद्धको शृंखलाका लागि ओपनर मार्कस ह्यारिसलाई पुनः टोलीमा बोलाएका छन् ।

ह्यारिसले यस वर्षको सुरुमा इंग्ल्याण्डविरुद्ध आफ्नो अन्तिम टेस्ट खेलेका थिए । त्यसपछि श्रीलंका र पाकिस्तान भ्रमणबाट उनी बाहिरिएका थिए । तर, हालको प्रदर्शनपछि उनले पुनः डेभिड वार्नरलाई पार्टनरको रूपमा पाउने भएका छन । उनी बाहेक टोलीमा खासै परिवर्तन भएको छैन । यस वर्षको एसेज खेलेका १३ खेलाडीलाई चयनकर्ताले पुनः रिपोज गरेका छन् ।

अष्ट्रेलियाले इंग्ल्याण्ड विरुद्धको आगामी एकदिवसीय सिरिजका लागि पनि टोली घोषणा गरेको छ । आरोन फिन्चको सन्यासपछि पहिलो पटक फास्ट बलर प्याट कमिन्सले टोलीको जिम्मेवारी सम्हाल्ने भएका छन् । एकदिवसीय सिरिजका लागि अष्ट्रेलियाले पाकिस्तान–श्रीलंका भ्रमणमा रहेका १४ सदस्यीय खेलाडीलाई नै निरन्तरता दिएका छन । टोलीमा कुनै परिवर्तन गरिएको छैन । अष्ट्रेलियाका मुख्य चयनकर्ताले आउँदो वर्ष भारतमा हुने एकदिवसीय विश्वकपलाई ध्यानमा राख्दै आफ्नो तयारी गर्ने बताएका छन ।

वेस्ट इन्डिज विरुद्ध अष्ट्रेलियाको टेस्ट टोलीः प्याट कमिन्स (कप्तान), स्कट बोल्यान्ड, एलेक्स क्यारी, क्यामरन ग्रीन, मार्कस ह्यारिस, जोस हेजलवुड, ट्राभिस हेड, उस्मान ख्वाजा, मार्नस लाबुस्चेन, नाथन लियोन, स्टीभ स्मिथ, मिचेल स्टार्क र डेभिड वार्नर ।

Image

इङ्ल्यान्ड विरुद्ध अष्ट्रेलियाको एकदिवसीय टोलीः प्याट कमिन्स (कप्तान), एस्टन आगर, एलेक्स क्यारी, क्यामरन ग्रीन, जोस हेजलवुड, ट्राभिस हेड, मार्नस लाबुस्चेन, मिचेल मार्स, ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, डेभिड वार्नर र एडम जाम्पा ।

छवि

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.