लेख विवरण

व्हीलचेयर क्रिकेट संघद्धारा डिसीसीआईका महासचिव रवि चौहानलाई सम्मान

व्हीलचेयर क्रिकेट संघद्धारा डिसीसीआईका महासचिव रवि चौहानलाई सम्मान

काठमाडौंँ । व्हीलचेयर क्रिकेट संघ नेपालले डिस्एबल क्रिकेट काउन्सिल अफ भारत (डिसीसीआई)का महासचिव रवि चौहानलाई सम्मान गरेको छ । रोयल एलिनास्मा भएको एक कार्यक्रममा संघका अध्यक्ष छुल्तिम शेर्पाले चौहानलाई सम्मान गरेका हुन ।

कार्यक्रममा शेर्पाले गत महिना नेपालले भारतको हरियाणा घरेलु टोलीसँग खेलको टी–२० क्रिकेट श्रंखलाको नतिजा र वैशाखमा नेपालमा आयोजना हुने एसिया कपको बारेमा जानकारी गराएका थिए । उनले टोलीले पनि अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सक्षम भएकोले नेपालमा रहेका व्हीलचेयर क्रिकेट खेलाडीहरुलाई अगाडी बढाउन आवश्यक साथ र सहयोग गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए । शेर्पाले नेपाली टोली पनि अन्य टोलीभन्दा कम नभएकोले एसिया कपमा नेपालले सुखद नतिजा निकाल्ने विश्वास ब्यक्त गरे ।

डिसीसीआईका महासचिव रवि चौहानले नेपालमा व्हीलचेयर क्रिकेटको प्रचुर सम्भावना रहेकोले आफुहरुले चाहिने सहयोग गर्न तयार रहेको बताए । उनले यसका लागि नेपाल क्रिकेट संघ (क्यान)सँग पनि आवश्यक साथ तथा सहयोगको आवश्यकता रहेको बताए । चौहानले व्हीलचेयर क्रिकेट बिशेष गरी एसियामा प्रख्यात रहेकोले नेपालमा हुने एसिया कपले अगामी दिनमा नयाँ खेलाडीहरु उत्पादन हुनेमा बिश्वास ब्यक्त गरे ।

कार्यक्रममा १०० स्पोटर्सका संस्थापक रविन्द्र भाटी व्हीलचेयर क्रिकेटलाई अगाडी बढन आफुहरु तयार रहेको बताए । उनले संघसँग ओएमयु गरेर नेपालभर रहेका प्रतिभाहरुलाई अगाडी ल्याउन बिभिन्न किसिमका क्रिकेट गतिबिधिहरु गर्न तत्पर रहेको बताए । कार्यक्रममा व्हीलचेयर क्रिकेट संघ नेपालले १०० स्पोटर्सलाई भारत भ्रमणका क्रममा दिएको र सहयोगको लागि सम्मना गरेको थियो ।

कार्यक्रममा व्हीलचेयर क्रिकेट संघलाई सहयोग गर्ने बिभिन्न संघ संस्था तथा ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा ह्वीलचेयर क्रिकेट संघका अध्यक्ष छुल्तीम शेर्पा, १०० स्पोर्ट्स म्यानेजमेन्ट प्राइभेट लिमिटेडका संस्थापक रवीन्द्र भाटी, निर्देशक विकास खेतान, क्रिकेटका राष्ट्रिय अम्पायर तथा बाग्मती प्रदेश क्रिकेट सङ्घका प्राविधिक प्रमुख रवीन्द्र गुप्ता, वरिष्ठ अन्तर्राष्ट्रिय अम्पायर उदय अर्याल लगायतको उपस्थिति रहेको थियो ।

 

 

 

व्हीलचेयर क्रिकेट संघद्धारा डिसीसीआईका महासचिव रवि चौहानलाई सम्मान

टिप्पणी लेख्नुहोस्

Please Login to comment.