व्हीलचेयर बास्केटबलमा गण्डकी र बाग्मती अब्बल
काठमाडौं । पारा राष्ट्रिय खेलकुदअन्तर्गत व्हीलचेयर बास्केटबलको पुरुषमा गण्डकी प्रदेश र महिलामा बाग्मतीले उपाधि हात पारेका छन् ।
नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघको तत्वावधानमा राखेपद्वारा आयोजित प्रतियोगिताअन्तर्गत ५ टिम सहभागी पुरुषको राउन्ड रोविन लिगमा शनीवार गण्डकीले सर्वाधिक ६५ अंक जोड्यो । ४६ अंकसाथ कर्णाली प्रदेश दोश्रो तथा ४४ अंकमा सुदूरपश्चिम प्रदेश तेश्रो भए ।
अत्तरखेलस्थित बौद्ध इन्टरनेसनल स्कुलमा भएको प्रतियोगिताको महिलामा लुम्बिनी दोश्रो भयो ।
विभिन्न १२ खेल समावेश पारा राष्ट्रिय खेलकुदमा ५ खेलको प्रतियोगिता सम्पन्न भइसकेको छ । यसअघि दृष्टिविहीन गोलबल सम्पन्न भएको थियो ।

टिप्पणी लेख्नुहोस्