लेख विवरण

शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदै छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा फ्रेन्डस क्लब र मच्छिन्द्र फुटबल क्लब बीचमा प्रतिस्पर्धा हुनेछ । सो खेल दिउसो ३ बजे सुरु हुनेछ । सोहि समयमा च्यासल रङ्गशालामा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लब एक आपसमा भिड्ने छन् ।

यसैगरी, न्युरोड टिम र जावालाखेल युवा क्लबबीचको खेल भने दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.