लेख विवरण

शारीरिक सुगठनमा आर्मी टिम च्याम्पियन

शारीरिक सुगठनमा आर्मी टिम च्याम्पियन

गण्डकी । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत शारीरिक सुगठन खेलमा त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको छ । पोखरा सभागृहहलमा सम्पन्न खेलका आधारमा समग्रमा ५९ अङ्कसहित आर्मी टिम च्याम्पियन भएको हो ।

May be an image of 3 people, people standing and indoor

शारीरिक सुगठनतर्फ ११ स्वर्णका लागि भएको खेलमा आर्मीले पाँच स्वर्ण जितेको हो । यस्तै आयोजक गण्डकी प्रदेशले तीन, नेपाल प्रहरी, एपिएफ र प्रदेश नं १ ले एक–एक स्वर्ण हात पारेका छन् ।

टिम च्याम्पियन बन्ने क्रममा आर्मीले पाँच स्वर्णसहित एक रजत र एक कास्य पदक जितेको थियो । प्रदेश नं १ ले एक स्वर्णसहित एक कास्य, नेपाल पुलिसले पनि एक स्वर्णसहित एक रजत र तीन कास्य पदक जितेको हो । यसैगरी एपिएफले स्वर्णसहित तीन रजत र दुई कास्य पदक जितेको हो ।

May be an image of 3 people, people bodybuilding, people standing, indoor and text that says "कातक- पाखरा. गणडकी प्रदेश शारीरिक सुगठन असोज શ कार्तिक ٩ सभागह पोखरा"

प्रतियोगितामा मधेस प्रदेशले दुई रजत, बागमतीले दुई रजत, एक कास्य, लुम्बिनी प्रदेशले दुई रजत र दुई कास्य जितेको छ । कर्णाली प्रदेश पदकविहीन बन्दा सुदूरपश्चिम प्रदेशले एक कास्य पदकमा चित्त बुझाउनुपरेको हो । प्रतियोगितामा सात प्रदेशसहित तीन विभागीय टिमको सहभागिता रहेको शारीरिक सुगठन खेल उपसमिति संयोजक शिवलाल श्रेष्ठले जानकारी दिए ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.