लेख विवरण

शिवपुरीमा ‘वडा दसैँ महाभिडन्त’ हुने

शिवपुरीमा ‘वडा दसैँ महाभिडन्त’ हुने

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकामा ‘वडा दसैँ महाभिडन्त’ हुने भएको छ ।

कोरोना भाइरसको कारण प्रभावित भएको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने र मोफसलमा रिङ रेस्लिङ पु¥याउने उद्देश्यले “वडा दसैँ महाभिडन्त’ नाम दिएर रिङ रेस्लिङ हुन लागेको हो । नेपाल रिङ रेस्लिङ सङ्घ, नुवाकोट जिल्ला कमिटीले असोज १५ गते उक्त कार्यक्रम गर्न लागेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

शिवपुरी गाउँपालिका–६ स्थित कालिकादेवी माध्यमिक विद्यालयको प्राङ्गणमा हुने कार्यक्रममा पाँच विधामा प्रतिस्पर्धा गराइने आयोजक कमिटीका अध्यक्ष प्रल्हाद थापाले जानकारी दिए । हेभि वेट विधाको विजेतालाई रु एक लाख ५० हजार, ट्रिपल थ्रेट विजेतालाई रु ७५ हजार, ट्याग टिम विजेतालाई रु ८५ हजार, लाइटवेट (महिला) विजेतालाई रु ६५ हजार, लाइटवेट (पुरुष) विजेतालाई रु ५५ हजारसहित बेल्ट, मेडल तथा प्रमाणपत्र प्रदान गरिने नेपाल रिङ्ग रेस्लिङ्ग संघकी महासचिब सुवर्ण केशरी श्रेष्ठले बताइन ।

प्रतियोगितामा नेपालका ख्याति प्राप्त रेस्लर सहभागी हुने जनाइएको छ । यसअघि शिवपुरी गाउँपालिकास्थित सूर्यचौरमा र दुप्चेश्वर गाउँपालिकाको दुप्चेश्वर मन्दिर परिसरमा रिङ रेस्लिङ भएको थियो ।

May be an image of 10 people, people standing and indoor

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.