शीतकालीन ओलम्पिक : अंक तालिकाको शीर्ष स्थानमा नर्वे, अस्ट्रेलिया, जापान र जर्मनीले जित्यो स्वर्ण
काठमाडौं । बेइजिङ शीतकालीन ओलम्पिक २०२२ मा स्विडेनले स्वर्ण पदक जित्दै अंक तालिकामा प्रवेश गरेको छ । नर्वे अंक तालिकाको शीर्ष स्थानमा रहेकोे छ । ओलम्पिकको दोस्रो दिन रुस, जर्मनी, जापान, अष्ट्रेलिया र न्युजिल्याण्डले स्वर्ण पदकका साथ खाता खोलेका छन् ।
रुसका एथलीट अलेक्ज्याण्डर बोल्सुनोभले आइतबार पुरुष तर्फको ३० किलोमिटर क्रस कन्ट्री स्कायाथलनमा पहिलो ओलम्पिक स्वर्ण पदक जितेका छन्। २५ वर्षीय बोल्सुनोभले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै पुनरागमन गरेका थिए । उनले एक घण्टा १६ मिनेट ९ दशमलव ८ सेकेण्डको समयमा जित निकाल्दै शीर्ष स्थान प्राप्त गरे । रुसले सन २०१८ मा प्योङचाङमा भएको शीतकालीन ओलम्पिकमा तीन रजत पदक जितेको थियो। यस बाहेक टोलीले कास्य पदक पनि जितेको थियो । बोल्सुनोभको यो पहिलो ओलम्पिक स्वर्ण पदक हो।
बोल्सुनोभका डेनिस स्पित्सोभले दोस्रो हाफमा फिनल्याण्डका खेलाडी लिभो निस्कानेनलाई १ घण्टा १७ मिनेट २०.८ सेकेण्डमा हराउँदै तेस्रो ओलम्पिक रजत जिते। निस्कानेनले १ घण्टा १८ मिनेट १० सेकेण्डको समय पूरा गर्दै तेस्रो भए ।
विश्व कीर्तिमानी खेलाडी निल्स भान डर पोएलले आइतबार पुरुष ५ हजार मिटर स्पीड स्केटिङमा स्वर्ण पदक जितेका छन् । स्वीडेनका लागि यो खेलमा दोस्रो स्वर्ण पदक हो ।
२५ वर्षीय निल्स भानले नेदरल्याण्डका स्वेन क्रेमरले ६ मिनेट ०८.८४ सेकेण्डमा बनाएको ओलम्पिक कीर्तिमान तोडे । नेदरल्याण्ड्सका प्याट्रिक रुस्ट डच ट्रायलमा दोस्रो स्थानमा रहे। उनले ६ मिनेट ०९.३१ सेकेण्डको समय पूरा गर्दै रजत पदक जिते । नर्वेका हलगीर एन्जेब्रेटन ६ मिनेट ९.८८ सेकेण्डमा दुरी पार गर्दै तेश्रो भए ।
त्यस्तै नजिकैको चोङ्ली, झाङ्जियाकोउमा जापानी स्की जम्पर रयोयु कोबायाशीले आइतबार पुरुषतर्फ स्वर्ण पदक जिते । कोबायाशीले पहिलो राउण्डमा १ सय ४५ दशमलव ४ अंकको अग्रता लिएका थिए। फाइनल राउण्डमा उनी १२९.६ अंकका साथ पाँचौं स्थानमा रहे पनि जापानलाई पोडियममा उभिन जम्मा २७५.० अंक पर्याप्त थियो।

टिप्पणी लेख्नुहोस्