लेख विवरण

शीर्षस्थानमा रहेको नेपोली पराजित

शीर्षस्थानमा रहेको नेपोली पराजित

काठमाडौं । युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा घरेलु मैदान मिलानोमा मिलानले नेपोलीलाई १–० ले पराजित गरेको हो । मिलानको जितमा पहिलो हाफमा इस्माइल बेनासेरले गोल गरेका थिए । जुन गोल निर्णायक नै बन्यो ।

यो जितले मिलानले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । नेपोलीलाई कम्तीमा २–० को जितको आवश्यक छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.