लेख विवरण

शीर्ष खेलाडीसहित अष्ट्रेलिया पाकिस्तान भ्रमणको तयारीमा

शीर्ष खेलाडीसहित अष्ट्रेलिया पाकिस्तान भ्रमणको तयारीमा

काठमाडौं । अष्ट्रेलियाले आफ्ना शीर्ष खेलाडीसहित पाकिस्तान भ्रमण गर्ने तयारी गरेको छ । पाकिस्तानले सुरक्षाका कारण विगत एक दशकदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्न सकेको छैन। पाकिस्तानले अन्तिम पटक सन् १९९६ मा भारत र श्रीलंकासँग मिलेर विश्वकप क्रिकेट आयोजना गरेको थियो। सन् २००९ मा श्रीलंका टोलीको बसमा भएको आतंकवादी हमलापछि सन् २०१९ सम्म याहाँ टेस्ट क्रिकेट हुन सकेको छैन ।

गत वर्ष पनि टी–२० विश्वकपअघि न्युजिल्यान्ड र इंग्ल्याण्डका टोलीले सुरक्षा कारण देखाउँदै पाकिस्तान भ्रमणबाट पछि हटेका थिए । अष्ट्रेलियन टोलीले २४ वर्षपछि पहिलो पटक पाकिस्तान भ्रमण गर्न लागेको हो । राष्ट्रिय टोलीका चयनकर्ता जर्ज बेलीले पाकिस्तानको सुरक्षा योजना निकै बलियो भएको कारण यो भ्रमण गर्न लागेको बताएका छन् ।

क्रिकेट अष्ट्रेलिया (सीए)का वेबसाइट अनुसार बेलीले मंगलबार पत्रकारहरूसँग भने, 'मलाई विश्वास छ दुबै बोर्डले भ्रमणको सन्दर्भमा केही सानातिना कुराहरूमा काम गरिरहेका छन, त्यसैले उनीहरूको औपचारिक स्वीकृति पाएपछि हामी पनि तयार हुनेछौं।'

अस्ट्रेलियाले पछिल्लो पटक सन् १९९८ मा मार्क टेलरको नेतृत्वमा पाकिस्तानको भ्रमण गरेको थियो । पाकिस्तान भ्रमणको बारेमा सबै कुराहरु सकारात्मक भएपनि शेफिल्ड शिल्डको सिजन पुनः सुरुमा हुनेमा अनिश्चितता भने कायमै छ। तर एसेजमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई ४–० ले हराएपछि छनोटकर्ताले शेफिल्ड शिल्ड प्रतियोगितामा खेलाडीको प्रदर्शन खासै हेर्नु परेन ।

 

 

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.