लेख विवरण

श्रीजाको कप्तानीमा भक्तपुर महिला क्रिकेट टोली घोषणा

श्रीजाको कप्तानीमा भक्तपुर महिला क्रिकेट टोली घोषणा

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका अन्तर्गत बागमती प्रदेशस्तरीय छनोटका लागि भक्तपुरको टोली घोषणा गरिएको छ । जिल्ला क्रिकेट सङ्घले श्रीजा घिमिरेको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीका अन्य सदस्यमा अनुसा रोका (विकेटकिपर), श्रजना श्रेष्ठ, स्वेच्छा खड्का, श्रीती श्रेष्ठ, एलिसा खड्का, रिता भण्डारी, अप्सरा कुमाल, सम्झना सुबेदी, पुजा साउद, प्रथा श्रेष्ठ, स्मारिका घिमिरे, अरिना कार्की र सुप्रिया केसी रहेका छन् ।

यस्तै मनिता बस्याल, दिब्यानी बोहरा, करिमा थापा र अनुष्का खड्का वैकल्पिक खेलाडीका रुपमा रहेका छन् । प्रशिक्षकमा गौरेश दास र व्यवस्थापकमा सुभेक्छा खड्कालाई जिम्मेवारी लिइएको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.