श्रीलंकालाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा
काठमाडौं । आईसीसी यू–१९ विश्वकपको खेलमा अफगानिस्तानले श्रीलंकालाई ४ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । कुलीज क्रिकेट मैदानमा टस जितेर फिल्डीङ गरेको श्रीलंकाले अफगानिस्तानबाट पाएको १३५ रनको लक्ष्य पुरा गर्न सकेन । ढिलो सुरुवात गरेको अफगानिस्तानले ११ औं ओभरमा पहिलो विकेट गुमाएको थियो । टोलीको स्कोर २४ रन हुदाँ ओपनर बिलाल सईदी त्रवीण म्याथुलको हातबाट आउट भए । त्यसपछिको ओभरमा नाङेलिया खरोटे पनि आउट भए।
कप्तान सुलेमान साफी एक रन बनाएर एलबिडब्लु भएपछि अफगानिस्तानको टोली समस्यामा पर्यो। अर्का खेलाडी अजाज अहमदजाई पनि डक आउट हुदा टोली झन दबाबमा आयो । त्यसपछि बायाँ हाते ब्याट्सम्यान अब्दुल हादीले सम्हालेर ब्याटिङ गर्दे चार चौकाको मद्दतमा ३७ रन बनाए । उनलाई दनिथ वेलालेजले स्टम्पिङ गराए । श्रीलंकाका भिन्जुआ रन्पुलले पुछारका ब्याटसम्यानहरुलाई सस्तैमा आउट बनाए । उनले मात्र दश रन खर्चेर पाँच विकेट लिएपछि अफगानिस्तान १३४ रनमा अलआउट भयो ।
जवाफमा श्रीलंकाको सुरुवात राम्रो भएन । ओपनर सदिशा राजपाक्ष पहिलो ओभरमै डकआउट भए । उनको स्थानमा आएका शेवोन डेनियल पनि बिलाल सामीको बलमा दुई रनमै पेभेलियन फर्किए। १३ ओभरपछि श्रीलंकाको स्थिती निकै खराब अवस्थामा गयो । रानूडा सोमराथने आउट भएपछि टोली झन दबाबमा पर्यो । त्यसपछि कप्तान वेलेज र रवीन डी सिल्वाबीच आठौ विकेटका लागि गरेको साझेदारी हेर्दा टोलीले खेल जित्ने विश्वास गरिएको थियो ।
यी दुबै खेलाडीले श्रीलंकाको स्कोर ४३ रन बाट ११२ पुर्याएका थिए । त्यसपछि अफगानिस्तानका खरोटेले निर्णायक विकेटको रुपमा कप्तानलाई आउट बर्ना । अर्का खेलाडी रवीन पनि नवीदको बलमा आउट भएर पेभेलियन फर्किए । जितका लागि पाँच रन चाहिएको अवस्थामा अर्का खेलाडी म्याथ्यु रनआउट भएपछि श्रीलंकाले खेलमा पराजित भयो । अफगानीस्तानले अब सर भिभ रिचार्ड्स क्रिकेट मैदानमा हुने सुपर लिगको सेमिफाइनलमा इंग्ल्यान्डसँग भिडने छ ।

टिप्पणी लेख्नुहोस्