लेख विवरण

श्रीलंकाविरुद्धको टी–२० सिरिजका लागि अस्ट्रेलियन टोली घोषणा, बेन म्याकडर्मोटले पाए मौका

श्रीलंकाविरुद्धको टी–२० सिरिजका लागि अस्ट्रेलियन टोली घोषणा, बेन म्याकडर्मोटले पाए मौका

काठमाडौं । अष्ट्रेलिया क्रिकेट बोर्डले डेभिड वार्नर र मिच मार्शलाई बाहिर राख्दै फेब्रुअरीमा हुने श्रीलंका विरुद्धको टी २० शृंखलाका लागि १६ सदस्यीय टोली सार्वजनिक गरेको छ । शृंखलाबाट प्रशिक्षक जस्टिन ल्याङ्गर पनि बाहिरिएका छन। बिग बास लिगमा गरेको आफ्नो प्रभावशाली प्रदर्शनका कारण बेन म्याकडरमोटले टोलीमा मौका पाएका छन । सिरीजका खेलहरु सिड्नी क्रिकेट मैदान, क्यानबेराको मनुका ओभल र मेलबर्न क्रिकेट मैदानमा ११ देखि २० फेब्रुअरीसम्म हुनेछ ।

ल्याङ्गरको अनुपस्थितिमा, एन्ड्रयू म्याकडोनाल्डले मुख्य प्रशिक्षकको रूपमा काम गर्नेछन् । संयुक्त अरब इमिरेट्स (युएइ)मा अष्ट्रेलियालाई टी(२० विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका वार्नर र मार्सले टी(२० सिरीज गुमाउने छन्। अष्ट्रेलियाले अगामी मार्चमा पाकिस्तान भ्रमण गर्ने भएकाले उनीहरुलाई आराम दिइएको हो । तीव्र गतिका बलर जोस हेजलउड चोटबाट निको भएर टी–२० सिरिजबाट टोलीमा फर्किने भएका छन् । उनी इंग्ल्याण्डविरुद्धको एसेज सिरिजमा घाइते भएका थिए ।

होबार्ट हरिकेन्सबाट बिगबास लिग खेलेका बेन म्याकडरमोटले उत्कृष्ट प्रदर्शन गरेका कारण टोलीमा अटाएका छन । म्याकडरमोट बीबीएल इतिहासमा लगातार खेलमा शतक बनाउने पहिलो खेलाडी हुन्। उनले २७ डिसेम्बरमा एडिलेड स्ट्राइकर्सविरुद्ध अविजित ११० र ४८ घण्टापछि मेलबर्न रेनेगेड्सविरुद्ध १२७ रन बनाएका थिए। उनी प्रतियोगिताको प्लेयर अफ दि टुर्नामेन्ट समेत घोषित भएका थिए । उनले यस सिजनमा ४८.०८ को औसत र १५३.८६ को स्ट्राइक रेटमा ५७७ रन बनाए।

अष्ट्रेलियाको टोली : एरोन फिन्च (कप्तान), एश्टन एगर, प्याट कमिन्स, जोश हेजलवुड, ट्रैविस हेड, मोइसेस हेनरिक्स, जोश इन्गलिस, बेन मैकडरमोट, ग्लेन म्याक्सवेल, झाय रिचर्डसन, केन रिचर्डसन, स्टीव स्मिथ, मिशेल स्टार्क , मार्कस स्टोइनिस, म्याथ्यू वेड, एडम जम्पा।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.