श्रीलंका विरुद्धको शृंखलाका लागि भारतीय टोली घोषणा
काठमाडौं । श्रीलंकाविरुद्धको एकदिवसीय र टी–२० घरेलु शृंखलाका लागि भारतीय टोली घोषणा गरिएको छ । रोहित शर्माको स्थानमा हार्दिक पाण्ड्यालाई टी–२० टोलीको कप्तान बनाइएको छ । सूर्यकुमार उपकप्तान बनेका छन् । एकदिवसीय टोलीको कमान रोहित शर्माको हातमा रहनेछ । रोहित र विराट कोहलीलाई टी–२० बाट विश्राम दिइएको छ । उनीहरु दुबै एकदिवसीय टोलीका सदस्य हुन् । टोलीमा शिखर धवन र ऋषभ पन्त परेका छैनन् ।
टी–२० टोलीमा शिवम मावीलाई मौका दिइएको छ । दायाँ हाते फास्ट बलिङ अलराउन्डरले भारतको घरेलु क्रिकेटमा उत्कृष्ट बलिङ गरेका छन् । उनले पछिल्लो ५ घरेलु खेलमा १९ विकेट लिएका छन् । जसमा दुई रणजी र तीन लिस्ट ए खेल समावेश छन्।
फास्ट बलर मोहम्मद शामी भारतको एकदिवसीय टोलीमा फर्किएका छन् । बंगलादेशविरुद्धको टोलीमा रहेका शामी नेट सेसनमा घाइते भएका थिए ।
श्रीलंकाको टोली जनवरीमा भारत भ्रमणमा आउँदैछ । टोलीले भारतमा तीन टी–२० र तीन एकदिवसीय सिरिज खेल्नेछ । पहिलो टी–२० खेल ३ जनवरी २०२३ मा मुम्बईमा हुनेछ। त्यसपछि क्रमश जनवरी ५ र ७ का दिन पुणे र राजकोटमा हुनेछ । पहिलो एकदिवसीय खेल १० जनवरीमा गुवाहाटीमा हुनेछ । त्यसपछि क्रमश जनवरी १२ र १५ मा कोलकाता र त्रिवेन्द्रममा हुनेछ ।
श्रीलंका विरुद्ध भारतको टी–२० टोली : हार्दिक पाण्ड्या (कप्तान), इशान किशन (विकेट किपर), ऋतुराज गायकवाड, शुभमन गिल, सूर्यकुमार यादव (उप- कप्तान), दीपक हुडा, राहुल त्रिपाठी, सञ्जु सैमसन, वाशिंगटन सुन्दर, युजवेन्द्र चहल, अक्षर पटेल, अर्शदीप सिंह, हर्षल पटेल, उमरान मलिक, शिवम मावी र मुकेश कुमार।
एकदिवसीय टोली : रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, सूर्यकुमार यादव, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), इशान किशन (विकेटकिपर), हार्दिक पाण्डेय (उप-कप्तान), वाशिंगटन सुन्दर, युजवेन्द्र चहल, कुलदीप पटेल, अक्षर यादव, मो. शमी, मो. सिराज, उमरान मलिक र अर्शदीप सिंह।

टिप्पणी लेख्नुहोस्