श्रीसंतले क्रिकेटको सबै फरम्याटबाट सन्यास लिने
काठमाडौं । भारतीय क्रिकेट खेलाडी शान्ताकुमारन श्रीसंतले क्रिकेटको सबै फरम्याटबाट सन्यास लिने घोषणा गरेका छन । पछिल्लो पटक उनले सन् २०११ मा भारतका लागि खेलेका थिए ।
सन् २०१३ मा आइपीएलको स्पट फिक्सिङ विवादमा फसेपछि उनले आइपीएल तथा भारतका लागि खेल्न मौका पाएका छैनन ।
दायाँ हाते तिव्र गतिका बलर श्रीसंतले गत महिना रणजी ट्रफीमा मेघालय बिरुद्ध केरलाका लागि खेलेका थिए ।
उनले प्रोफेसनल क्रिकेटमा फर्कने प्रयास गरेपनि सफल हुन सकेनन । सन २०२२ को आइपीएल लिलामीमा ३९ बर्षीय श्रीसंतले आफ्नो नाम दर्ता गराएका थिए । तर कुनैपनि फ्रेन्चाइज टोलीले उनीमाथी रुची देखाएन ।
यसैबीच उनले ट्वीट गर्दै आफुले क्रिकेटको सबै फरम्याटबाट सन्यास लिने बताएका छन ।

टिप्पणी लेख्नुहोस्