लेख विवरण

संसारको अनौठो क्रिकेट स्टेडियमहरु

संसारको अनौठो क्रिकेट स्टेडियमहरु

काठमाडौंँ । संसारमा केहि यस्ता स्टेडियमहरू छन्, जुन डिजाइन, भौगोलिक परिदृश्यका लागि लोकप्रिय छ। जसलाई देखेर मानिस अचम्मित हुन्छ । जहाँ खेल हेर्ने रोमाञ्चक अन्य ठाउँको तुलनामा भन्दा कयौ गुणा बढी छ ।

पुकेकुरा पार्क क्रिकेट स्टेडियम, न्यूजील्याण्ड

न्यूजिल्याण्डमा अवस्थित पुकेकुरा पार्क क्रिकेट स्टेडियम एक अनौठो स्टेडियम हो। यहाँ सामान्य क्रिकेट स्टेडियम जस्तो कुर्सी छैन । ५ हजार दर्शक क्षमताको यो स्टेडियममा दर्शकले पक्की सिँढीमा बसेर क्रिकेट खेलको मजा लिने गरेका छन् । सिँढी वरपर बढेको घाँसले खेल हेर्दा फरक अनुभव दिन्छ।

Dismay as NZ Cricket threatens to pull stumps at Pukekura Park | RNZ News

बेसिन रिजर्व वेलिंगटन, न्यूजील्याण्ड

वेलिंग्टनमा अवस्थित बेसिन रिजर्भको जन्म भूकम्पका कारण भएको थियो। स्थानीय प्रशासन र सरकारको अथक प्रयासपछि १३ वर्षमा यो सुन्दर रंगशाला निर्माण सम्पन्न भएको हो । यो क्रिकेट रंगशालाको विशेषता यो हो कि यहाको मैदान ट्राफिक इंटरसेक्शन भित्र अवस्थित छ। जसका कारण मैदान बाहिर निरन्तर आवतजावत हुने गरेको पाइन्छ । ११,००० भन्दा बढी दर्शक क्षमताको यो रंगशालाले ब्रेन्डन म्याकुलमदेखि सूर्यकुमार यादवसम्मका ब्याट्सम्यानको अविस्मरणीय इनिङ्स देखेको छ ।

Basin Reserve Wellington pitch report today, weather forecast, test record,  boundary length for NZ vs ENG 2nd test 2023 - The SportsGrail

चैल क्रिकेट स्टेडियम, हिमाचल प्रदेश भारत

प्रकृति प्रेमी, फोटोग्राफरहरूका लागि हिमाचल प्रदेशको चेल क्रिकेट स्टेडियम वरदान जस्तै छ। समुन्द्री सतहबाट २ हजार ४ सय ४४ मिटरको उचाइमा अवस्थित यो स्टेडियमले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएको छ । ८ हजार दर्शक क्षमताको यो रंगशालाको आधार १९ औं शताब्दीको अन्त्यमा फेला परेको हो । यो रंगशालाको पिच सिंथेटिक स्रोतको सट्टा प्राकृतिक माटोले बनेको छ।

Pickyourtrail on Twitter: "#India is a cricket-loving nation. It's only  natural for it to also feature the highest cricket ground in the world  recorded by the Guinness Book. It is situated at

सेन्ट मोरिट्ज क्रिकेट स्टेडियम, स्विट्जरल्याण्ड

६ हजार फिटको उचाइमा रहेको सेन्ट मोरिट्ज क्रिकेट स्टेडियम विश्वको सबैभन्दा अग्लो खेल मैदान मध्ये एक हो। यो रंगशाला विशेषगरी शीतकालीन खेलकुदलाई ध्यानमा राखेर डिजाइन गरिएको हो । यहाँ जमेको हिउँमा विभिन्न प्रकारका शीतकालीन खेलहरू खेलिन्छन्। मैदान हिउँले ढाकिएको हुनाले यहाँ खेलिने क्रिकेट परम्परागत क्रिकेट खेलभन्दा फरक हुन्छन्।

Cricket legends fire up on the ice | cricket.com.au

ट्रेन्ट ब्रिज नॉटिंघम युनाइटेड किंगडम

ट्रेन्ट ब्रिज क्रिकेट स्टेडियम आफ्नो विचित्र उपस्थितिको लागि प्रसिद्ध छ। यसको पिच ब्याटिङका लागि विश्वकै उत्कृष्ट मानिन्छ । ६० मिटर स्क्वायर बाउन्ड्रीका कारण यहाँ बलरलाई धेरै पिटिन्छ । ट्रेन्ट ब्रिजमा खेलिएका खेलहरू उच्च स्कोरका छन् र दर्शकहरूले याहा चौका र छक्काको वर्षात देख्न पाउँछन्।

Trent Bridge Fixtures & Results

 

 

 

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.