लेख विवरण

सगरमाथा कप : एपिएफ र पुलिस क्लब विजयी

सगरमाथा कप : एपिएफ र पुलिस क्लब विजयी

काठमाडौं । सगरमाथा कप अन्तर्गत आज भएको खेलमा बिभागिय टोली नेपाल आर्मी र सशस्त्र प्रहरी बल क्लब (एपिएफ) विजयी भएका छन् । बैजनाथपुर मैदानमा आज भएको पहिलो खेलमा एपिएफले प्रदेश १ लाई ८ विकेटले पराजित गर्यो । एपिएफको जितमा ओपनर प्रदीप ऐरिले सर्वाधिक ३३ रनको योगदान दिए । २९ बलको सामना गरेका ऐरिले ३ चौंका प्रहार गरे । टोलीका जितमा अर्का ओपनर आयुश्मान बमले २२ बलमा २८ रन बनाए । लोकश बम र सन्दीप जोराले क्रमश २० र १४ रनको अविजित पारी खेले । प्रदेश १ का लागि बलिङमा श्रवन यादवले एकमात्र विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको प्रदेश एकले १३ ओभरमा अल आउट हुँदै मात्र ९७ रन बनायो । टोलीका लागि अंकित सुबेदीले सर्वाधिक २४ रन बनाए । निरज मुखिया (१५), सुभान्कर राओ (१६), कप्तान सिद्धान्त लोहनी (१७) र श्रवन यादव १२ रन बनाएर आउट भए । एपिएफका लागि बलिङमा भुवन कार्की र किशोर महतोले समान ३-३ विकेट लिए । बिपिन खत्री र अमर रौटेलाको नाममा एक एक विकेट रह्यो । खेलको म्यान अफ द म्याच भुवन कार्की भए ।

आजै भएको दोस्रो खेलमा बिभागिय टोली नेपाल पुलिस क्लबले नेपाल आर्मीलाई ८ रनले पराजित गर्यो । पुलिसको जितमा खेलको म्यान अफ द म्याच बनेका रशिद खानले सर्वाधिक ३ विकेट लिए । रुपेश सिंहले २ विकेट लिए । सुर्य तामाङ, योगेन्द्र सिंह कार्की र दिपेन्द्र रावतको नाममा समान एक एक विकेट रह्यो । पुलिस क्लबले दिएको ११३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल आर्मी क्लबले २० ओभरमा ८ विकेट गुमाउदै १०४ रन मात्र बनायो ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबले २० ओभरमा ८ विकेट गुमाउदै ११२ रन बनायो । टोलीका लागि पवन सर्राफले सर्वाधिक ३१ रन बनाए । अमित श्रेष्ठ (२६), योगेन्द्र सिंह कार्की (१७), सुनील धमला (१२) र कप्तान मन्जीत श्रेष्ठ ११ रन बनाएर आउट भए । बलिङमा आर्मीका लागि सुशान भारी, बिक्रम सोब र अबिनाश कर्णले समान २-२ किवेट लिए । बसिर अहमद र प्रतिश जिसीको नाममा एक एक विकेट रह्यो ।

प्रदेश एकले आयोजना गरेको सगरमाथा कप टी २० फरम्याटमा भइरहेको छ । प्रतियोगितामा तीन विभागी टोली, भारतका दुई टोली इस्ट सेन्ट्रल रेलवे र ध्रुब क्रिकेट एकेडेमी गरि कुल ६ टोली छन् ।

 

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.