सगरमाथा कप : एपीएफले आर्मीलाई २ विकेटले हरायो
काठमाडौं । विराटनगरको बैजनाथपुर मैदानमा आजबाट सुरु भएको सगरमाथा कपको दोस्रो खेलमा बिभागिय टोली सशस्त्र प्रहरी बल क्लबले नेपाल आर्मी क्लबलाई २ विकेटले पराजित गरेको छ । एपीएफको जितमा सुमित मर्हजनले अविजित ३७ रन बनाए । आर्मीले दिएको १३९ रनको लक्ष्य एपीएफ १९.३ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गयो । टोलीका जितमा पुरन बिक (२१), लोकेश बम (१६), आयुश्मान बम (१३) र सन्दीप जोराले (११) रनको योगदान दिए ।
आर्मीका लागि हरि चौहानले सर्वाधिक ४ विकेट लिए । बसिर अहमलले २ विकेट लिदा शुसान भारी र बिक्रम सोबको नाममा एक एक विकेट रह्यो ।
यसअघि टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउदै १३८ रन बनायो । टोलीका लागि कुशल मल्लले अविजित ४९ रन बनाए । सचिन शर्मा (३०), बिक्रम सोब (२०) र हरि चौहान ११ रन बनाएर आउट भए । एपीएफका लागि बलिङमा कमल सिंह ऐरिले २ विकेट लिदा बिपिन खत्रीले १ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा प्रदेश १ ले बिभागिय टोली नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गरेको थियो । प्रदेश एकले आयोजना गरेको सगरमाथा कपमा तीन विभागी टोली, भारतका दुई टोली इस्ट सेन्ट्रल रेलवे र ध्रुब क्रिकेट एकेडेमी गरि कुल ६ टोली छन् ।

टिप्पणी लेख्नुहोस्