सगरमाथा कप : प्रदेश १ ले बिभागिय टोली नेपाल पुलिस क्लबलाई ७ विकेटले हरायो
काठमाडौं । विराटनगरको बैजनाथपुर मैदान आजबाट सुरु भएको सगरमाथा कपमा प्रदेश १ ले बिभागिय टोली नेपाल पुलिस क्लबलाई ७ विकेटले पराजित गरेको छ । प्रदेश १ को जितमा अन्कित सुबेदीले सर्वाधिक २६ रनको योगदान दिए । कप्तान सिद्धान्थ लोहनीले १८ बलमा अविजित २५ रन बनाए ।
यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको बिभागिय टोली नेपाल पुलिस क्लबले ९ ओभरको खेलमा ६ विकेट गुमाएर ६६ रन बनायो । टोलीका लागि दिलीप नाथ र रशिद खानले सर्वाधिक १४-१४ रन बनाए । कप्तान अमित श्रेष्ठ ११ रन बनाएर आउट भए । त्यसबाहेक अन्य खेलाडीहरुले दोहरो अंकमा खाता खोल्न सकेनन् । बलिङमा प्रदेश १ का लागि फिरोद अन्सारी र सोनु मण्डलले समान २-२ विकेट लिए । कमल खत्रीको नाममा एक विकेट रहयो् ।
नेपाल पुलिस क्लबले दिएको ६७ रनको लक्ष्य प्रदेश १ ले ८.३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो । पुलिसका लागि बलिङमा रशिद खान र योगेन्द्र सिंह कार्कीले समान एक एक विकेट लिए । प्रतियोगिता अन्तर्गतको दोस्रो खेल बिभागिय नेपाल आर्मी क्लब र सशस्त्र प्रहरी क्बलबीच हुदैछ ।

टिप्पणी लेख्नुहोस्