लेख विवरण

सचिनका छोरा अर्जुन तेन्दुलकरको रणजी ट्रफीमा डेब्यु

सचिनका छोरा अर्जुन तेन्दुलकरको रणजी ट्रफीमा डेब्यु

काठमाडौं । दिग्गज भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरले मंगलबार रणजी ट्रफीमा डेब्यु गर्ने मौका पाएका छन । अर्जुनले राजस्थान विरुद्धको खेलमा गोवाका लागि डेब्यु गरेका छन। पहिलो दिन बलिङ गर्ने मौका नपाएका अर्जुनले ब्याटिङ गरेका थिए । उनले पहिलो दिनको खेलमा १२ बलमा चार रन बनाएर अविजित रहेका छन ।

बायाँ हाते तिव्र गतिका बलर अर्जुनले मुम्बईबाट खेल्ने पर्याप्त मौका नपाएपछि यस वर्षको सुरुमा गोवा गएका थिए। उनले मुम्बई र गोवाका लागि सात लिस्ट ए र नौ टी-२० खेल खेलेका छन्। राजस्थानविरुद्धको खेलमा उनको प्रथम श्रेणी क्रिकेट करियरको पनि सुरुवात भएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा अर्जुन मुम्बई इन्डियन्सको टोलीमा थिए, तर खेल्ने मौका भने पाएनन्।

 

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.