सनोजलाई मेयर कप खुला स्नुकर प्रतियोगितामा सफलता
काठमाडौं । माजेका सनोज खड्गीले दोश्रो गोकर्णेश्वर मेयर कप खुला स्नुकर प्रतियोगितामा आइतबार जित हात पारेका छन् । बौद्धस्थित आयोजक छोरतेन स्नुकर क्लबमा भइरहेको प्रतियोगितामा सनोजले एक्सक्लुसिभका नुजल मानन्धरलाई ३–१ को फ्रेममा पराजित गरे ।
अन्य खेलमा स्टार युथ क्लबका सन्दिप मगरले एमजीएमका छिरिङ लामालाई ३–०, दिप लभका परिवेश रेग्मीले साम्भालाका विकास तामाङलाई ३–२, रोड हाउसका पदम तामाङले ललितपुरका सक्षम श्रेष्ठलाई ३–१, एक्सक्लुसिभका वाङचुक तामाङले ग्रिन बेजका प्रकाश थापा मगरलाई ३–० र एएक्सएनका राजन गुरुङले एभरेष्टका अभिक केसीलाई ३–० ले हराए ।
एन्जीका किरण मोक्तानले च्याम्पियन्सका साजन श्रेष्ठलाई ३–२, एएक्सएनका जय महर्जनले माजेका तपेन्द्र थापालाई ३–० र छोरतेनका सुमेश लामाले खसौलीका गणेश थापालाई ३–० ले पन्छाए ।

टिप्पणी लेख्नुहोस्