सन्दकपुर गोल्डकप : ताप्लेजुङलाई हराउँदै विर्तामोड सेमिफाइनलमा
इलाम । नवप्रयास युवा क्लब ताप्लेजुङलाई हराउँदै विर्तामोड युनाइटेड तेश्रो सन्दकपुर गोल्डकपको सेमीफाइलन प्रवेश गरेको छ । सन्दकपुर गाउँपालिका—३ देउराली स्थित सातखाल्डे खेलमैदानमा जारी प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा ताप्लेजुङलाई वितोडले ३—० गोल अन्तरले हराएको हो ।
पहिलो हाफमा १—० गोल अन्तरले अग्रता बनाएको विर्तामोडले दोश्रो हाफमा थप २ गोल गर्न सफल रहयो । खेलको ५५ औ मिनेटमा सूर्य टुडुले अग्रता दोब्बर बनाए । लगतै २ मिनेटमा टुडुले व्यक्तिगत दोश्रो गोल गदैै अग्रता ३—० बनाए । खेलको म्यान अफ दि म्याच टुडु घोषित हुँदै नगद २ हजार प्राप्त गरे ।
विर्तामोडले फागुन २७ गते रेडहर्स एफसी र बुटाबारी युनाइटेड बिचको बिजेतासँग खेल्नेछ । प्रतियोगिताको तेश्रो क्वाटरफाइनल खेलमा सुनाकोठी एफसी ललितपुर र युनाइटेड फिक्कल बिच प्रतिस्पर्धा हुनेछ ।

टिप्पणी लेख्नुहोस्