लेख विवरण

सन्दीपलाई धरौटीमा छाड्ने आदेश सदर, विदेश जान समेत अनुमति

सन्दीपलाई धरौटीमा छाड्ने आदेश सदर, विदेश जान समेत अनुमति

काठमाडौंँ । क्रिकेटर सन्दीप लामिछानेलाई विदेशमा गएर खेल्न सर्वोच्च अदालतले अनुमति दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आज सन्दीपलाई विदेश जान दिने निर्णय सुनाएको हो ।

लामिछानेले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका थिए ।

अनुमति दिएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले यूएई पठाउने प्रक्रिया अघि बढाएको छ। नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठककले सर्वोच्चको विदेश जान दिने निर्णयसँगै सन्दीपलाई कसरी पठाउने भन्नेबारे छलफल भईरहेका बताए । उनले भिसा आए र प्रक्रिया मिले उनलाई यूएई पठाउने बताए ।

नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो। उनीविरूद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.