सन्दीप लामिछाने प्रहरी नियन्त्रणमा
काठमाडौँ । एक युवतीलाई जबर्जस्ती करणीको आरोप लगेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ । कतार एयरवेजको विमानबाट बिहीबार (आज) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बिहीबार कतार एयरवेजको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिएको हो । लामिछाने स्वदेश फर्किन लागेको जानकारी सामाजिक सञ्जालबाट दिएका थिए ।
लामिछानेविरूद्ध गत भदौ २१ गते एक बालिकाले बलात्कार आरोपमा जाहेरी दिएकी छिन । नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेकाले लामिछानेलाई विमानबाटै प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

टिप्पणी लेख्नुहोस्