लेख विवरण

सन्दीप लामिछाने लंका प्रिमियर लिगको ड्राफ्टमा

सन्दीप लामिछाने लंका प्रिमियर लिगको ड्राफ्टमा

काठमाडौंँ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने चौथो संस्करणको लंका प्रिमियर लिग (एलपीएल) को ड्राफ्टमा परेका छन् । आयोजक श्रीलंका क्रिकेटले यस सिजनका लागि ड्राफ्टमा परेका खेलाडीको नाम सार्वजनिक गर्दै सन्दीपको नाम पनि समावेश भएको जनाएको छ ।

तेस्रो संस्करणको एलपीएलमा लामिछाने दम्बुला जायन्ट्समा अनुबन्ध भएका थिए । उनलाई दम्बुलाले ४० हजार डलरमा विदेशी कोटामा राखेको थियो । प्रतियोगिताको अक्सन १४ जुनमा हुनेछ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.