सन्दीप श्रीलंकन क्लब दमुल्ला जायन्ट्समा अनुबन्ध
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई लंकन प्रिमियर लिगमा दमुल्ला जायन्ट्सले अनुबन्ध गरेको छ ।
सन्दीपलाई जायन्ट्सले ४० हजार अमेरिकी डलर अर्थात ५० लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो । जायन्ट्सले डायमन्ड क्याटागोरीबाट सन्दीपलाई क्लब भित्र्याएको हो ।
लंकन प्रिमियर लिगमा जम्मा पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताका लागि कुल तीन सय ५३ खेलाडी अक्सनको ड्राफ्ट थिए । यसमध्ये एक सय ८० विदेशी र एक सय ७३ खेलाडी श्रीलंकाकै थिए ।
सन्दीपले हालसम्म बिग बास लिग ९बिबिएल०, इन्डियन प्रिमियर लिग ९आइपिएल० सँगै विश्वका कयौँ ठूला लिग खेलिसकेका छन् ।

टिप्पणी लेख्नुहोस्