लेख विवरण

सन् २०२६ मा हुने विश्वकप फुटबलको लोगो सार्वजनिक

सन् २०२६ मा हुने विश्वकप फुटबलको लोगो सार्वजनिक

काठमाडौंँ । विश्व फुटबलको नियामक फिफाले सन् २०२६ मा आयोजना हुने विश्वकपको लोगो सार्वजनिक गरेको छ । तीन उत्तर अमेरिकी मुलुकहरु अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त आयोजना हुने विश्वकपको लोगो फिफा अध्यक्ष जियानी इन्फान्टिनोले सार्वजनिक गरेका हुन ।

ब्रजिलको रियो दि जेनेरो शहरमा आयोजित एक कार्यक्रमबीच इन्फान्टिनोले सादा र सरल रुपमा २०२६ लेखिएको विश्वकप सहितको लोगो सार्वजनिक गरेका हुन । लोगो सार्वजनिक गर्दै इन्फान्टिनोले सरल रुपमा तयार भएको लोगोले सबैको मन जित्ने विश्वास व्यक्त गरे ।

त्यस अवसरमा अबको तीन वर्षपछि हुने प्रतियोगिताको फाइनल खेलको मिति पनि घोषणा गरिएको छ । फिफा विश्वकप २०२६ को फाइनल १९ जुलाई आइतबार हुनेछ ।

यो विश्वकपबाट फिफाले हाल रहेको सहभागी संख्या ३२ टोलीबाट बढाएर ४८ बनाएको छ । खेलहरु क्यानडाका २, मेक्सिकोका ३ र अमेरिकाका ११ रंगशालामा सञ्चालन गरिने फिफाले जनाएको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.