समूह चरणको अन्तिम खेलमा नेपालले कतारसँग खेल्दै
काठमाडौं । एसियाली क्रिकेट काउन्सिल एसीसी प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपालले कतारसँग खेल्दैछ ।
खेल बिहिबार बिहान नौ बजेबाट कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेपाल र कतारबीच अहिलेसम्म एक खेल भएकोमा नेपाल अपराजित रहेको छ ।
सन् २००८ मा आयोजना भएको एसीसी ट्रफि एलिटमा भएको एक मात्र भेटमा नेपाल र कतारबीचको खेल नेपालले ७ विकेटले जितेको थियो ।
मलेसियाको रोयल मिलिट्रि कलेजको मैदानमा भएको सो खेलमा शक्ति गौचन तथा बसन्त रेग्मीले ३÷३ विकेट लिएका थिए भने नेपालका लागि ज्ञानेन्द्र मल्लले ८२ बलमा ७६ रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।

टिप्पणी लेख्नुहोस्