लेख विवरण

सरकारले खेलाडीलाई स्वदेशमा नै रहने वातारण मिलाउने

सरकारले खेलाडीलाई स्वदेशमा नै रहने वातारण मिलाउने

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडीको भविष्यप्रति सरकार चिन्तित रहेको बताएका छन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघले खेलाडी र खेलाडीको भविष्य सुनिश्चितता हुनुपर्ने मागसहित बुझाएको ज्ञापन पत्र बुझेपछि बोल्दै मन्त्री लिम्बूले सरकार खेलाडीको भविष्यमा चिन्तित रहेको बताएका हुन ।

ज्ञापन पत्र बुझिसकेपछि उपस्थित पदाधिकारीलाई सम्बोधन गर्ने क्रममा खेलाडी पलायन सम्बन्धमा सरकार चिन्तित भएको भन्दै खेलाडीलाई स्वदेशमा नै रहने वातारण मिलाउने प्रवन्ध गर्ने विषयमा योजना ल्याउन लागेको समेत बताए ।

नयाँ आर्थिक बजेट आएसँगै युवा, खेलाडी र खेलसँग जोडिनेका लागि छिट्टै योजना सार्वजनिक गर्ने समेत जानकारी दिए । खेलसँग जोडिएका खेलाडीहरुलाई खेलपछिको बाँकी जीवन विताउनकाक लागि खेलको अलावा व्यवसायिक हुने गरी समय प्रवन्ध गर्न पनि मन्त्री लिम्बूले आग्रह गरे ।

सबै खेलाडीको आर्थिक अवस्था र भौगोलिक अवस्था फरक फरक भएकोले विकल्पका समय मिलाउन मन्त्री लिम्बूले आग्रह गरे ।यस्तै विभिन्न प्रदेशमा भौतिक पूर्वाधार निमार्णका लागि पनि सरकारले कार्यक्रमहरु अगाडि ल्याएको र पहिलो चरणमा प्राथमिकतामा रहेका पूर्वाधारलाई जोड दिने मन्त्री लिम्बूले बताए ।

खेलाडीको वृति विकास र प्रशिक्षणको व्यवस्थापनका लागि पनि राष्ट्रिय खेलकुद परिषद्सँग सम्मन्वय भइरहेको र नयाँ आर्थिक वर्षसँगै कार्यान्वयन हुने प्रस्ट पारे ।

नेपाल लोकतान्त्रिक खेलकुद संघले भौतिक पूर्वाधार निमार्ण, खेलाडी पलायन रोक्न, धेरै भन्दा धेरै खेलका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षणको व्यवस्थापन गर्न, खेलकुद भित्रको अनियमितता रोक्न, राष्ट्रिय टिम तयारीलाई वर्षभरी निरन्तरता दिन लगायत १४ बुँदे मागसहित ज्ञापन पत्र बुझाएको थियो ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.