सरस्वती चौधरीको राष्ट्रिय कीर्तिमानसहित स्वर्ण
काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको महिला एक सय मिटर दौडमा विभागीय टोली त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन ।
पोखरा रंगशालामा शनिबार भएको खेलमा सरस्वतीले निर्धारित दूरी १२.१३ सेकेन्डमा पूरा गरिन । सरस्वतीले लुम्बिनीकी निशा चौधरीले हिट चरणमा बनाएको कीर्तिमान समेत भंग गरिन । निशाले १२.१५ सेकेन्डको समय निकालेकस् थिइन ।
यसअघि यस स्पर्धामा देवीमाया पनेरुको नाममा १२.१९ सेकेन्ड राष्ट्रिय कीर्तिमान थियो । हिट चरणमा कीर्तिमान बनाएकी निशाले १२.२२ सेकेन्डमा दौड सक्दै रजत जितिन । आर्मीकी रमिता थारुले १२.९२ सेकेन्डमा दौड सक्दै कांस्य जितिन ।


टिप्पणी लेख्नुहोस्