लेख विवरण

सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी पुरस्कार अनन्तलाई

सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी पुरस्कार अनन्तलाई

काठमाडौं । सहारा क्लबले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि सर्वोत्कृष्ट राष्ट्रिय खेलाडी पुरस्कार प्रदान गर्ने भएको छ । यस वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेण्डर अनन्त तामाङलाई सो पुरस्कार प्रदान गर्न लागिएको क्लबले जनाएको छ ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा नेपालको तर्फबाट सहभागी भएर देशका लागि उपाधिसहित राम्रो खेल प्रदर्शन गरेका आधारमा तामाङलाई पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ । पुरस्कारको राशि रु ५० हजार पाँच रहेको छ ।

गत वर्षका तुलनामा पुरस्कार राशिमा रु १५ हजार पाँच थप गरिएको हो । यसअघि यस पुरस्कारबाट राष्ट्रिय फुटबल खेलाडीहरु भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल र अन्जन विष्ट पुरस्कृत भइसकेका छन । प्रतियोगिताको उद्घाटन समारोहमा सो पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.