लेख विवरण

सशस्त्र प्रहरी वलका सुरज राना मगर पहिलो

सशस्त्र प्रहरी वलका सुरज राना मगर पहिलो

चितवन । दोश्रो प्रज्ञा स्मृति साईक्लिङ म्याराथन २०७९ मा सात विधामा ७ खेलाडीले उपाधी हात पारेका छन् । निर्धारित ६५ किमि दुरी १ घण्टा ५४ मिनेट ३८ सेकेण्डमा पार गर्दैे सशस्त्र प्रहरी बलका सुरज राना मगरले उपाधी हात पारेका हुन् । दिवङगत ज्ञानु दाहाल र प्रकाश दाहालको स्मृतिमा स्थापना भएको प्रतिष्ठानले साईकलिङ म्याराथनको आयोजना गर्दै आईरहेको छ ।

प्रतिष्ठानले आगामी वर्षबाट अन्य विधाका खेलकुद पनि थप गर्ने प्रतिष्ठानकी अध्यक्ष रेनु दाहाले जानकारी दिईन्। सात विधामा भएको म्याराथनमा पुरुष ईलाईटतर्फ सशस्त्र प्रहरी बलका सुरज राना मगरले पहिलो स्थान हात परेका हुन् । उनी गत सालका समेत विजेता हुन् । उनले उपाधीसँगै नगद ५० हजार रुपैयाँ शिल्ड र प्रमाणपत्र प्राप्त गरे ।

यस्तै नेपाल त्रिभुवन आर्मी क्लबका सुरेश भुजेलले १ घण्टा ५४ मिनेट ३८ सेकेण्ड ५२ मिलिसेकेण्डमा पारे गर्दै दोश्रो स्थान हासिल गरी नगद ४० हजार रुपैयाँ शिल्ड र प्रमाणपत्र प्राप्त गरे । पुरुषतर्फको तेश्रो स्थान अमेरिकी नागरिक केलेभ हब ब्याण्डले नगद ३० हजार रुपैयाँ शिल्ड र प्रमाणपत्र हात पार्न
सफल भए । यस्तै काभ्रेका अच्युत कृष्ण खरेल र नेपाल आर्मीकै हिमाल थनेतले क्रमश चौथो र पाँचौँ स्थान हासिल गरे ।

यसैगरी महिला ईलाईटतर्फ काठमाण्डौँकी लक्ष्मी मगरले १ घण्टा ५७ मिनेट १७ सकेण्डमा सो दुरी पार गर्दै महिलातर्फको उपाधी हासिल गरिन् । उनी साउथ एसियन खेलकुदको गोल्ड मेडलिष्ट हुन् । प्युठानकी हुमी बुढा मगरले २ घण्टा ११ मिनेट ४५ सेकेण्ड निर्धारित दुरी पार गरि दोश्रो बनिन् । ईन्द्रकुमार तामाङ २ घण्टा २८ मिनेट ४४ सेकेण्डमा पादै तेश्रो बनिन् ।

यस्तै पुरुष मास्टरतर्फ हर्क लामाले निर्धारित दुरी १ घण्टा ५७ मिनेटमा पार गर्दै पहिलो स्थान हात पारेका थिए । भने विकास महर्जनले १ घण्टा ५७ मिनेट ५ सेकेण्डमा पार गर्दै दोश्रो र बाँकेका देव बहादुर बोहराले २ घण्टा ७ मिनेट १४ सेकेण्डमा पार गर्दै तेश्रो स्थान हात पार्न सफल भए ।

यसैगरी पुरुष जुनियरतर्फ मोरङका किरण लिम्बुले १ घण्टा ५५ मिनेट ३९ सेकेण्डमा निर्धारित दुरी पारि गरि प्रथम भए । भने ललितपुरका अश्विन खत्रीले २ घण्टा १२ मिनेट ३ सेकेण्डमा सो दुरी पार गरि दोश्रो भए । यस्तै नवलपुरका सचिन सहनीले २ घण्टा २४ मिनेट २५ सेकेण्डमा पार गर्दै तेश्रो भए ।

यस्तै महिला जुनियरतर्फ सुनसरीकी विदिशा चौधरी पहिलो, बाँकेकी साया थापा दोश्रो र चितवनकी निति गुरुङं भईन् । यसैगरी चितवन विशेष पुरुषतर्फ प्रनित थापा प्रथम, रोनिश कर्मचार्य दोश्रो र सन्दिप श्रेष्ठ तेश्रो भएका थिए । यस्तै महिलातर्फ मेरिना रानामगर पहिलो, जुना श्रेष्ठ दोश्रो र नीति गुरुङं तेश्रो भईन् । प्रतियोगितामा देशभरबाट ७० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

 

टिप्पणी लेख्नुहोस्

Please Login to comment.