सानुको कप्तानीमा मोरङको टोली घोषणा
मोरङ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेशस्तरीय छनोटका लागि मोरङको टोली घोषणा गरिएको छ । जिल्ला क्रिकेट सङ्घले सानु राजबंशीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीका अन्य सदस्यमा टीका साह (उप-कप्तान), बन्दना राजबंशी, काजल राजबंशी, सालु राजबंशी, पुर्णिमा राजबंशी, नमिता श्रेष्ठ, बर्षा रजक, सिर्जना राजबंशी, पृन्शा राना मगर, बेदिका राजबंशी, खुशी राजबंशी, ललिता साह र प्रतिभा मण्डल रहेका छन् ।
यस्तै कृतिशा धामी, आर्या झा, चादनी यादव र अञ्जली मण्डल वैकल्पिक खेलाडीका रुपमा रहेका छन् ।


टिप्पणी लेख्नुहोस्