लेख विवरण

साफ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

साफ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

काठमाडौं । साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।

भारतमा हुन गईरहेको साफ च्याम्पियनसिपका लागि नेपाली फुटबल टिमको २३ सदस्सीय टोलीका घोषण भएको हो । मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

आगामी जुन २१ देखि जुलाई ४ सम्म सो च्याम्पियनसिप भारतमा हुदैँछ ।

नेपालले प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको नेपालले पहिलो खेल जुन २१ मा कुवेतविरुद्ध खेल्नेछ । यो समूहमा नेपालसँगै घरेलु टिम भारत, पाकिस्तान र कुवेत रहेका छन् । आठ टिमको सहभागिता रहने प्रतियोगिताको समूह ‘बी’ मा भने लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।

यसअघि नै सार्वजनिक भएको तालिका अनुसार जुन २४ मा नेपालले भारतसँग र जुन २७ मा समूह चरणको अन्तिम खेलमा भने पाकिस्तानसँग खेल्नेछ । 

च्याम्पियनसिपमा पहिलो पटक कुवेत र लेबनान आमन्त्रित टिमको रुपमा हैसियतमा मैदानमा आउनेछन् ।

नेपालले च्याम्पियनसिपअघि तयारी स्वरुप फिलिपिन्सविरुद्ध एक मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ । नेपाल र फिलिपिन्सबीचको खेल जुन १५ मा हुनेछ ।

नेपाली टोलीः

गोलकिपरः किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ ।

रक्षकः देवेन्द्र तामाङ, निशान्त खड्का, विमल पाण्डे, सनिस श्रेष्ठ, अनन्त तामाङ,  रोहित चन्द, सिमान्त थापा ।

मिडफिल्डरः नविन लामा, मणिकुमार लामा,पुजन उपरकोटी, एरिक बिष्ट,  लाकेन लिम्बु, आभास लामिछाने ।

फरवार्डः  विमल घर्तीमगर,  नवयुग श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अञ्जन बिष्ट, मनिष डांगी, आशिष चौधरी, आयुश घलान ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.