लेख विवरण

साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने

साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । नेपालमा भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो खेल भुटानसँग भदौ २१ गते खेल्नेछ ।

दशरथ रङ्गशालामा हुने च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ । समूहको अन्तिम खेलमा नेपालले भदौ २८ गते श्रीलङ्कासँग खेल्नेछ । नेपालको लागि तुलनात्मक रुपमा सहज समूह परेको छ । सात टोलीको सहभागिता रहने च्याम्पियनसिपमा ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बङ्गलादेश र पाकिस्तान छन् । समूसाफहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

महिला साफको अघिल्लो संस्करण पनि नेपालमै आयोजना भएको थियो । विराटनगरमा भएको साफको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । महिला साफका लागि नेपालले बन्द प्रशिक्षण र तयारी सुरु गरिसकेको छ ।

टोलीका मुख्य प्रशिक्षक कुमार थापाले प्रारम्भिक चरणमा ५८ खेलाडी बोलाएर प्रशिक्षण सुरु गरेका छन । फाइनलमा भारतको सिकार बन्दै आएको नेपाललाई यसपटक काठमाडौंमा वदला लिने राम्रो मौका छ ।

प्रशिक्षणमा रहेका महिला खेलाडी :

गोलरक्षक : एन्जिला सुब्बा, अञ्जना रानामगर, उषा नाथ, कविता विक, सम्झना चौधरी, सावित्री किशन

रक्षक : अमृता जैशी, गीता राणा, पुनम जर्घामगर, हिराकुमारी भुजेल, पूजा राना, विमला विक, सिर्जना सिंह, निशा ठोकर, सलोनी रानामगर, सिर्जना चेम्जोङ, समीक्षा घिमिरे, खुस्मा राई, गङ्गा गुरुङ, मोनिका कुश्वार, सविना चौधरी, रोजिना श्रेष्ठ, रेणुका हमाल, कुमारी तामाङ, रेविका पाण्डे र मोनिका पुलामीमगर

मिडफिल्डर : सुनकला राई, रेणुका नगरकोटे, दिलकुमारी रानामगर, पूर्णिमा हमाल, सरु लिम्बु, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई, दीपा राई, इन्दिरा राई, मञ्जली कुमारी योञ्जन, निर्मला उपाध्याय, दीपा शाही, हिमा चौधरी, वीरेन्द्र चौधरी ऐयर, सुमित्रा सिंह पाख्रिन, दीपा न्यौपाने, सिर्जना खड्का र सञ्जु कुमाल

स्ट्राइकर : सावित्रा भण्डारी, अनिता केसी, सरस्वती रोकाया, निर्मला विक, सविता रानामगर, रश्मिकुमारी घिसिङ, रजनी थोकर, चन्द्र भण्डारी, अमिषा कार्की, रेखा पौडेल, कुसुम खतिवडा र सदीपा भोलन ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.