लेख विवरण

साफ च्याम्पियनसिप खेल्ने राष्ट्रिय फुटबल टोलीलाई केटीएम सिटीको प्रायोजन

साफ च्याम्पियनसिप खेल्ने राष्ट्रिय फुटबल टोलीलाई केटीएम सिटीको प्रायोजन

काठमाडौंँ । शेर्पा आउटडोरको केटीएम सिटीले नेपाली राष्ट्रिय फुटबल टोलीलाई प्रायोजन गरेको छ । बुधबारबाट भारतको बैंगलोरमा सुरु हुने साफ च्याम्पियनसिप प्रतियोगिता खेल्ने राष्ट्रिय फुटबल टोलीलाई केटीएम सिटीले प्रायोजन गरेको हो । पछिल्लो दुई वर्ष केटीएमले राष्ट्रिय फुटबल टोलीको मुख्य किट पार्टनरको रुपमा काम गरेको थियो ।

एन्फाबाट सहयोगको माग भएअनुसार म्यानमारमा सम्पन्न एएफसी यू–२० वुमेन्स एसियन कप छनोट प्रतियोगिता खेलेको महिला टिम र भारतमा बुधबार सुरु हुने साफ खेल्ने राष्ट्रिय फुटबल टिमलाई प्रायोजन गरेको केटीएम सिटीले जनाएको छ । केटीएमले जर्सी, ट्रयाकसुट, ट्रेनिङ्ग जर्सी, किट ब्याग सहित रु १५ लाख २७ हजार ९ सय १८ रुपैयाँको खेल सामाग्री निशुल्क रुपमा प्रायोजन गरेको छ ।

नेपाली खेलकुदको विकास र प्रबद्र्धनमा केटीएम सिटीले सधै सहयोग र सहकार्य गर्दै आएको छ । खेलकुदसँगको सहयोगलाई हामीले बिशुद्ध राष्ट्रप्रतिको जिम्मेवारी र सेवाको दृष्टिकोणले हरेको केटीएमले जनाएको छ । फुटबल सहित नेपाली खेलकुदका अन्य स्पर्धासँग जोडिएर केटीएमले निरन्तर सहयोग गर्दै आएका छौं । केटीएमले फुटबल सहित क्रिकेट, एथलेटिक्स, ब्याडमिन्टन, टेनिस, बक्सिब, मार्सल आर्ट लगायतका खेलमा सहयोग गर्दै आएको छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.