लेख विवरण

साफ च्याम्पियनसीपः नेपालले भूटानलाई हरायो

साफ च्याम्पियनसीपः नेपालले भूटानलाई हरायो

काठमाडौं । बंगलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले भुटानलाई पराजित गरेको छ । नेपालले भुटानलाई १-० गोल अन्तरले पराजित गरेको छ ।

नेपालको जितमा सेनु परियारले निर्णायक गोल गरिन् । सेनुले खेलको ४९ औं मिनेटमा गोल गरेकी हुन् ।

भुटानमाथि नेपालको यो लगातार दोस्रो जित हो । पहिलो भेटमा नेपालले भुटानलाई ७-० गोलले हराएको थियो ।

जितसँगै नेपाल प्रतियोगिताको शिर्ष स्थानमा उक्लिएको छ । अब नेपालले अन्तिम खेलमा शुक्रबार बंगलादेशको सामना गर्नेछ ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्ने छ ।

टिप्पणी लेख्नुहोस्

Please Login to comment.